युनिक नेपाल लघुवित्तको पौन ४ करोड रुपैयाँभन्दा बढीको एफपीओ निष्काशन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज बिहीबारदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर बनेको चुत्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५ सयको ९४.०१ प्रतिशतले हुन आउने रकम र सर्वसाधारण समूहको चुत्ता पुँजीको ५.९९ प्रतिशतले हुन आउने रकम बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको एफपीओमा आज (जेठ ११ गते)देखि जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स