अब बजार विस्तारै माथिनै जाने हो, पर्ख र हेर भन्ने दिन अब धेरै छैन, बजारले बुलिस चरण पक्रदैं :एस.पी. चौलागाईँ, लगानीकर्ता

काठमाडौं । बजेट आउन ५ दिन बाँकी हुँदा सेयर बजारले आफ्नो पुरानै लय समातेको छ । बजार ५० अंकभन्दा माथि पुग्दा लागनीकर्ताको अब बजार बढ्छ भन्ने आत्मविश्वास बढेको छ ।

गत सातादेखि बजारले दिनँहु फड्को मार्दा डेढ वर्षदेखि निराश भएका लगानीकर्तामा उत्सुकता थपिएको हो । मौद्रिक नीतिको तेस्रो समीक्षाले निराश बनाएको लगानीकर्तालाई बैंकको घट्दो क्रममा रहेको ब्याजदर र बजेटले सेयर बजारलाई राम्रैसँग सम्बोधन गर्ने बुझिएपछि बजारले बुलिस चरणको बाटो तय गरेको हो । मंगलबार नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्ने र अबका महिनामा अझ घट्ने बताएपछि हिजो बजार ठूलो अंकले बढेको हो ।

अब पनि बजार १८०० भन्दा पनि तल जाने अत्यन्त न्यून सम्भावना छ । स्थिती गथावत रहेमा १८०० भन्दा मुनि जाने सम्भावना देखिदैन किन भने बजारले ९,१० महिनाको अन्तरालमा १८०० विन्दुलाई पाँच पटक प्रतिरोध झेलेर बजार पुन माथि तिरै बुलिस लयमा फर्किएकोले अब पुन १८०० तल नजनाने लगानीकर्ता एस.पी. चौलागाईले बताए ।

‘लगानीकर्ताले धेरै पेनिकको अवस्था झेलिसकेका छन् अब बजारले सकारात्मक लय नै समाउने हो,’ उनले भने ‘अब बजार बढ्ने धेरै कारणहरू छन् ।’ हालै ७ वटा नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् जसले बजारमा अर्कै रौनकता छाएको छ । व्याजदर क्रमैसँग घटिरेहेको तंथ्याक आइरहेका छन् । रेमिट्यान्स दैनिक करिब साढे ३ अर्ब ५० करोडका दरले भित्रिएको तंथ्याक आइरहेको छ । बजारको बेरिस चक्र पूरा भएको लगानीकर्ताको ठम्याई रहेको छ । जसले लगानीकर्ताको आत्मबल पनि बढेको छ । अब सम्भवत पर्ख र हेर भन्ने दिन गएको पनि उनले बताए । अहिले बजारले नेप्सेको अंक र कारोबार दुवैमा वृद्विको लय समाएको छ । अब हामी छिट्टै पुरानै लयमा फर्कदैछौं ।’

मंगलबार मात्रै नेप्से सूचक ५१.३१ अंकले बढ्यो । नयाँ वर्ष लागेयता बजार यति धेरै बजार बढेको थिएन । वृद्धि गत साताको मंगलबारदेखि निरन्तर जारी छ ।

एक साताको अन्तरालमै सूचक १२९.१४ अंक उकालियो। समीक्षापछि १८०७ सम्म खसेको बजार हाल १९४२.६३ को विन्दुमा कायम छ। सरकारको नीति तथा कार्यक्रम पछि बजारमा अझै आकर्षण थपिएको छ ।

यसबाहेक अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नितिको समीक्षा सरकारको अपेक्षाअनुसार नआए पनि बजेटमार्फत बजारलाई गतिशिल बनाउने प्रयास हुने विभिन्न सार्वजनिक फोरमहरूमा बोल्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स