काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को इकाई बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैशाख १७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको इकाई जेठ ८ गते (सोमबार) बाँडफाँट भएको हो ।
योजना व्यवस्थापकले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको थियो ।
उक्त नतिजा सिडिएस एण्ड क्लियरिङले संचालन गरेको बेवसाइट iporesult.cdsc.com.np/ वा बिक्री प्रबन्धकको बेवसाइट मार्फत हेर्ने सकिनेछ ।