नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब २७ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको सेयरमा १० प्रतिशतको सकरातमक सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेडको ७.०१%, गुडविल फाइनान्स लिमिटेडको ६.२३%, सामुदायिक लघुवित्तको ५.३६%, मायाखोला हाइड्रोपावरको ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, ग्रिनलाइफ हाइड्रोपावरको ७.३७%, नयाँ सारथी लघुवित्तको ३.६७%, सपोर्ट माइक्रोफाइनान्सको २.७०%, तेह्रथुम पावर कम्पनीको २.५३%, युनिक्यु नेपाल लघुवित्तको २.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स