बीमालाई प्रोत्साहन गर्न १ लाखसम्म कर छुट हुनुपर्ने प्राधिकरणको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा गर्नेलाई आयकरमा थप छुट दिन सरकारसँग माग गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत जीवन बीमा गर्ने बीमितलाई आयकरमा एक लाखसम्मको कर छुट दिने व्यवस्था गर्न अर्थ मन्त्रालयसँग माग गरेको हो । त्यसरी नै जीवन बीमा कम्पनीहरूले आगामी बजेटको लागि कर छुटको सुझाव दिएका छन् ।

बीमा प्राधिकरणले सरकारलाई जीवन बीमा गर्नका लागि प्रोत्साहन हुने र बीमा सेवाको पहुँच अभिवृद्धिको लागि हाल कायम भएको व्यवस्थालाई बढाएर १ लाख रूपैयाँ कायम गर्न सुझाव दिएको हो । हाल जीवन बीमा गर्नेले आयकरमा वार्षिक ४० हजार रुपैयाँसम्म छुट पाउँदै आएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटले २०७९ साउनदेखि लागू हुने गरी उक्त व्यवस्था गरेको हो । अब आगामी आर्थिक वर्षमा भने उक्त सुविधा बढाउनु पर्ने बीमा प्राधिकरणको माग छ ।

जीवन बीमा कम्पनीहका सीईओहरुको छाता संगठन जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव दिएका छन् ।

शुक्रबार धुलिखोलमा आयोजित बीमा प्राधिकरण र नेपाल बीमक संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा जीवन बीमक संघले यस्तो सुझाव दिएको हो । बजेटमा ४० हजार रुपैयाँ पुराएको थियो । सो व्यवस्थालाई कार्यान्वयन गर्दै १ लाख रुपैयाँ पुराउन सुझाव दिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स