नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन, २०८० सम्पन्न

काठमाडौं । नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन, २०८० सम्पन्न भएको छ । काठमाडौस्थित अल्फा हाउसमा भएको विशेष महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयवस्तुमाथि छलफल भएको थियो ।

नबिल बैक कर्मचारी संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गरे । कार्यक्रमको उद्घाटन सत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, मानव संशाधन विभागका प्रमुख, डिसीईयो (नायब प्रमुख कार्यकारी अधिकृत), फिउन राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लयायत अन्य बैंकका कर्मचारी संघका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

व्यवस्थापनको तर्फबाट हाल वित्तिय तथा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको विषयमा धारणा व्यक्त भएको थियो । विशेष महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारिहरू, नबिल बैंकका व्यवस्थापकहरू विभिन्न बैंकका कर्मचारी संघ तथा नबिल बैंकका कर्मचारीहको सहभागिता थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स