लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । कुल इकाइमध्ये ६० प्रतिशतले हुन आउने ६ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । जसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ । ऋणपत्रमा छिटोमा जेठ १९ गते र ढिलो जेठ ३० गतेसम्म खुला रहनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स