एमके ४ उड्ने रेसिङ कार, अधिकतम सिपड ३६० किमी

काठमाडौं । अस्ट्रेलियाको एक कम्पनीले विश्वको पहिलो उड्ने रेसिङ कार सार्वजनिक गरेको छ । सो कारको नाम एयरस्पिडर एमके ४ राखिएको छ । कम्पनीले यो कार विश्वको पहिलो तीव्र गतिको इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ मोडल भएको दाबी गरेको छ । जसको अधिकतम स्पिड ३६० किमी प्रति घन्टा छ ।

एयरस्पिडर एमके४ अस्ट्रेलियाको एडिलेडले डिजाइन गरेको हो । यसले हाइड्रोजन टर्बाेजेनरेटर मोटरबाट १३४० बीएचपीको पावर जेनेरेट गर्छ । यसले ३० सेकेन्डमा ३६० किमी प्रतिघन्टाको टप स्पिडमा उड्न सक्ने क्षमता रहेको छ । सो कार लगभग ३०० किमीसम्म उड्न सक्छ ।

एयरस्पिडर एमके४ उडाउनका लागि पाइलटको आवश्यक पर्दैन । यो इलेक्ट्रिक प्रोपल्सन सिस्टम र एड्भान्स एयरोडाइनामिकको साथमा उपलब्ध छ । यसले ९५० किलोग्रामसम्मको वजन लिएर उड्न सक्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स