बैंक खाता, सवारी लाइसेन्स, लालपुर्जा र स्थायी लेखा नम्बर लिंदा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाको घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिने जानकारी गराएका हुन्। बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिँदा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्था सरकारले गरेको छ।

यो कार्य आगामी ३ वर्षभित्र लागू हुने नीति तथा कार्यक्रममा भनिएको छ । नागरिकको जैविक विवरण एकपटक मात्रै लिने पनि सरकारले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स