यस्तो आयो सरकारको १८८ बुँदे नीति तथा कार्यक्रम, प्राथमिकतामा के के ? (पूर्णपाठ)

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सकियो कर्मकाण्डी सरकारको नीति तथा कार्यक्रम

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरूको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले अर्थतन्त्रको समग्रमागमा आएको ह्रास, तरलताको संकुचन, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन तथा बाह्य क्षेत्रमा परेको चापलाई समेत सम्बोेधन गर्ने बताए । यस्तै, सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व बढाउने र यसबाट रोजगारी सृजना गर्ने लक्ष्य समेत सरकारले लिएको छ ।

विदेशी लगानीलाई बढाउन लगानीको वातावरण सुधार गर्नुका साथै राजस्व प्रणालीलाई सुधार गर्दै अघि बढ्ने समेत राष्ट्रपति पौडेलले घोषणा गरे । विद्यमान कर प्रणाली सुधार गर्नुका साथै राजस्वको दायरा विस्तार, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा जोड्ने लक्ष्य समेत सरकारले नीति तथा कार्यक्रमबाट लिएको छ ।

पुँजी पलायनलाई रोक्ने, कृषिको योजनागत सुधार गर्ने, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रिय गौरवका आयोजनामात्रै खर्च गर्ने, हिँदमा र बर्षामा निश्चित युनिट विद्युत् निःशुल्क दिन, अनावश्यक कानुन खारेज गर्ने, बन्द कपडा, धागो तथा गोरखकाली टायर उद्योग सञ्चालना ल्याउनेलगायतका योजना अघि सारेको छ ।

सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने पौडेलले बताए । ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिने उनले बताए ।

सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए/नभएको समेत अनुगमन गर्ने बताए ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/purna-pad.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स