काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।
पुँजी बजारको विकासको लागि संरचनागत सुधार गर्ने उनले घोषणा गरे । पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने सम्मका योजना सरकारले बनाएको छ ।