हिमालयन लाइफ इन्स्योरेन्स सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । शुक्रबार नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् ।

युनियन लाइफमा सिईओ रहेका कर्णले नयाँ बनेको हिमालयन लाइफमा मासिक १० लाख रुपैयाँ तलव पाउने गरी सिईओमा नियुक्त भएका हुन् ।

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स