सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहीबार (जेठ ४ गते) विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।

उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका छन् । संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्म देशभरिका आफ्ना १८१ शाखा सञ्जालमा रहेका ८६९२६ अभिकर्ताहरु मार्फत ३७६७४६ बीमालेखबाट प्रथम बीमा शुल्क १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ तथा नविकरण बीमा शुल्क ४ अर्ब ३० करोड ४८ लाख रुपैयाँ गरी कुल ६ अर्ब २० करोड १३ लाख ८५ हजार रुपैयाँ आर्जन गर्नुका साथै कुल जीवन बीमा कोष २५ अर्ब ३६ करोड ९२ लाख ८० हजार रुपैयाँ कुल लगानी २७ अर्ब ८४ करोड ८४ लाख ३९ हजार रुपैयाँ कुल दावी भुक्तानी २ अर्ब ८८ करोड ६५ लाख ६४ हजार रुपैयाँ गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स