ग्लोबल बैंकले धितो लिलामीको निकाल्यो ७ दिने सूचना

काठमाडौं । ग्लोबल आईएमई बैंकले धितो लिलामीको लागि सूचना निकालेको छ । बैंकले जग्गा धितो राखेर ऋण लिएका ऋणीहरुको सम्पत्ति लिलाम गर्नका लागि सूचना जारी गरेको हो । बैंकले ओभरड्राफ्ट कर्जा लिने काभ्रेकी कल्पना शाही प्रोप्राइटर रहेको रक कस्मेटिक्स, सोलुखुम्बुका राजु राना प्रोप्राइटर काष्ठ मण्डप रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस र ओलढुंगाकी रेखा खत्री प्रोप्राइटर रहेको लामा कार्की किराना पसलको धितो लिलाम गर्न लागिएको हो ।

बैंकले आज एक सूचना जारी गर्दै कर्जा लिँदा लिखित तथा सम्झौता बमोजिम समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर भुक्तान गर्न पटक पटक ताकेता गर्दा समेत चुक्ता नगरेकाले सुरक्षणमा राखिएको सम्पत्ति लिलाम बिक्री गर्नका लागि ७ दिने शिलबन्दी बोलपत्र आह्वान गरिएको जनाएको छ ।

बैंकले यसअघि ३५ दिने सूचना निकाल्दै कर्जा तिर्न भन्दा समेत नतिरिएकोले लिलाम बिक्री सम्बन्धित ७ दिने सूचना निकाले हो । बैंकले लिलाम बिक्रीको बोलपत्रमा प्रस्ताव दिनका लागि बोलपत्र आवेदन फराम परेर इच्छुकले प्रस्ताव पेश गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स