सिटी होटेलको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नस् नतिजा

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर आज बिहान बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सदर आवेदकमध्ये ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ ।

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो ।
कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौंमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

नतिजा प्रकाशन भएको केहि समयपछि यी चार तरिका बाट र्हो सकिने छः

१. बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स