मौद्रिक नीतिको समीक्षा र निर्देशनले अर्थतन्त्र चलायमान बनाउने नीतिको सुरुवातसँगै सेयर बजारमा ल्यायो हरियाली

काठमाडौं । हिजो बुधबार शुक्रबार आएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको निर्देशन आएको थियो । जसले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने नीतिसँगै समीक्षामा तोकिएका विशेष क्षेत्रहरूलाई पुर्नकर्जाको सुविधा बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुराँ, निर्माण, पशुपंक्षी पालन सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनु पर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरूको अधिनमा रहि कर्जाको पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न सकिने व्यवस्था भएको छ ।

यस्तो पुर्नतालिकीकरण वा पुर्नसंरचना २०८० असार मसान्तभित्र गरि सक्नुपर्नेछ । २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्न सकिने छ । उपयुत्त बमोजिम पुर्नतालिकरण तथा पुर्नसंरचना गरिएका कर्जाहरूमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ । यसरी पुर्नतालिकीकरण तथा पुर्नसंरचना गरिएका कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोहि वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी २०८० असारमसान्तभित्र ३ महिनाको लागि म्यादथप गर्न सकिने छ ।

पछिल्लो निर्देशन बमोजिम उद्यमी व्यवसायी तथा लगानीकर्ताहरूलाई केहि राहतको महसुस भएकोले पनि लगानीकर्तामा उत्साह थपिएको देख्न सकिन्छ । जसको फलस्वरुप आज नेप्से परिसूचक ३२.३० अंकले वृद्धि भई २०८० सालकै उच्च वृद्धि र उच्च कारोबार भएको छ ।

४/५ दिन अगाडि ६०/७० करोडको मात्रै कारोबार भइरहेको बजारमा आज १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ भने २०४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४ वटा कम्पनीको सेयर मूल्य यथास्थानमा रहेको छ भने ११ वटा कम्पनीको मूल्य घटेको छ ।

करिब १ वर्षको अन्तरालमा नेप्से परिसूचकले १८ सयको बिन्दुलाई ३ पटक परिक्षण गरेको छ । सो अवधिमा १८ सयदेखि २२ सयसम्मको उतार चढावलाई झेल्दै आइरहेको सेयर बजारले अर्थतन्त्रको बाह्य पक्षमा सुधार आएसँगै आन्तरिक क्षेत्रमा अर्थतन्त्रको सु्धार हुने अपेक्षाका साथ लगानीकर्ताहरू लागनी गर्न हौसिएको देखिन्छ । जसको परिणाम स्वरुप ३ कार्यदिनमा लगातार हरियाली छाइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स