ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउँदै विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अनलाइन आवेदन खुलाउने तयारी अघि बढाएको छ । विभागका महानिर्देशक नमराज घिमिरिले ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी अघि बढाइएको जानकारी दिए ।

‘ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउन विभागले पहल गरिरहेको छ । विभागको एकलौटी निणर्यले मात्र अनलाइन आवेदन खुलाउन मिल्दैन,’ घिमिरेले हाम्रोअर्थसँग भने, ‘लाइसेन्स कार्यालयहरुको पनि मन्जुरी आवश्यकता पर्छ । विभाग र लाइसेन्स कार्यालयबीच छलफल गरेर अनलाइन आवेदन खोल्ने मिति तोकिने छ ।’

उनका अनुसार विभागले दशैं अघि नै अनलाइन आवेदन खुलाउन खोजिरहेको छ । तर, दशैं आउन २ साताभन्दा कम समय बाँकी छ । यसले गर्दा पनि केही अन्योलता देखिएको छ । दशैं अघि सम्भव नभए मंसिर कट्न नदिने उनको दावी छ । उनको भनाइलाई आधार मान्ने हो भने मंसिरभित्रमा ड्राइभिङ लाइसेन्सका लागि नयाँ अनलाइन आवेदन दिन सकिन्छ ।

कोभिडि-१९ को महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेक्षाज्ञाका कारण विभागले २०७८ वैशाख १६ गतेदेखि ड्राइभिङ लाइसेन्स अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । कोभिड-१९ को संक्रमण दर घटेसँगै सरकारले निषेक्षाज्ञा खुकुलो बनाएसँगै अन्य क्षेत्र चलायमान हुन थालिसकेको छ ।

साथै, ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुन अघि दरखास्त बुझाएका, ब्यायोमेट्रिक र रिट्रायलको परीक्षा भदौ २० गतेदेखि सञ्चालन भइरहेको छ । वैशाख १६ गतेदेखिसम्म आवेदन दिएकाहरुको लाइसेन्स परीक्षा पुरानै प्रणालीबाट सञ्चालन भइरहेको छ । उनीहरुले पुरानै प्रणालीमा लाइसेन्स परीक्षा दिनका लागि आवेदन दिएका थिए ।

अब नयाँ आवेदनकर्ताको परीक्षा भने नयाँ निर्देशिका अनुसार हुनेछ । यसको मुख्य विशेषता भनेको ट्रायल परीक्षा १०० पुणांकको हुनेछ । जसमा ७० अंक ल्याउन सके पास हुनेछ । परीक्षार्थीको निगरानी मोबाइल एपको सहायताबाट गरिनेछ ।
ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुनु अघि ३ लाखभन्दा धेरै दरखास्त परेको थियो ।

विभागकै तथ्यांक अनुसार नेपालमा करिब ४० लाख सवारीसाधन दर्ता भइ सञ्चालनमा छन् । यस्तो अवस्थमा ड्राइभिङ लाइसेन्सको परीक्षामा लाखौं सवारी चालक रहेका छन् । लाइसेन्स नहुने व्यक्तिले सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम उच्च रहन्छ ।

प्रतिक्रिया

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स