प्रधानमन्त्री प्रचण्डलाई लगानीकर्ताका संगठनहरुले राखे ६ बुँदे माग, के-के भए उल्लेख ?

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लगानीकर्ताका संगठनहरुले ६ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री कार्यलयमै पुगेर लगानीकर्ताका तीन संगठन नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन्।

संघका अध्यक्षहरु राधा पोखरेल, ताराप्रसाद फुल्लेल, तुलसीराम ढकालको हस्ताक्षर रहेको संयुक्त ज्ञापनपत्रमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रकृया बिना ढिलासुस्ति कार्यान्वयन गर्नुपर्ने सहितका आधा दर्जन माग उल्लेख छन्।

उनीहरुले सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु सम्बोधन गर्न आग्रह गरेका छन् । लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने र १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनु पर्ने माग लगानीकर्ताको छ ।

पुँजीबजारको हालको स्थिति :

१. करिब ५६ लाख ५० हजार हितग्राही खाता (Demat Holder)
२. १६ लाख भन्दा बढि अनलाईन (TMS) प्रयोगकर्ता
३. विगतमा ४४ खर्वको बजार पुँजीकरण र हाल २७ खर्व ५० अर्व (Capitalization)
४. नेपालको वार्षिक वजेट भन्दा साढे २ गुणा ठुलो आकारको पुँजीबजार
५. कुल ग्राहस्थ उत्पादनको करिव ८५ प्रतिशत स्थान ओगट्न सफल
६. देशको कुल जनसंख्याको आधारमा करिव १५ प्रतिशत भन्दा बढि नागरिकको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता

यस्ता छन् मागः
१ . लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।

२ . बाह्र करोड सम्मको सेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।

३ . सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४. लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुंजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।

५ . विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स