पत्रकारले पत्रकारलाई दिए ज्यान लिने धम्की

काठमाडौं । समाचार लेखेकै निहुँमा एक समूहले हिमालय टाइम्सका आर्थिक ब्यूरो चिफ लेखनाथ पोखरेललाई ज्यान लिने धम्की दिएको छ । पूर्व पत्रकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) दोलखाका समापति राजनबहादुर सिवाकोटीका साथ आएका दुई जनाले पत्रकार पोखरेललाई ज्यान मार्ने धम्की दिएका हुन् । ती दुईमध्ये एकजना व्यक्तिले सोमबार साँझ हिमालय टाइम्सको कार्यालयमै आएर ‘जथाभावी रुपमा समाचार लेख्ने तपाई नै होइन’ भन्दै धम्क्याएका थिए ।

सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालामा दोलखा जिल्लाका राप्रपा अध्यक्ष सिवाकोटीसँगै राप्रपाको समेत नाम जोडेर समाचार लेखिएको भन्दै उनले धम्कीपूर्ण शैलीमा भने‘जथाभावी समाचार लेख्ने ? समाचारको स्रोत को हो, मुद्दा हालौं कि के गरौं ?

हामीसँग गुण्डाहरू पनि छन्, हाम्रा एउटै नेताका दुई सय गुण्डा छन्, उनीहरूबाट केही होला नि ? म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थाहा छ’ भन्दै उनले ज्यान लिने धम्कीसँगै निरन्तर रुपमा म माथि दूव्र्यवहार र दुरुत्साहनपूर्ण आपेक्ष लगाइरहे ।

सुरुमा आफूविरुद्ध किन समाचार लेखियो भन्दै राप्रपा सिवाकोटी कार्यालयमा आएका थिए । सिवाकोटी पनि सिन्धुज्वालामा हाइड्रोको जनसम्पर्क अधिकृतका रुपमा कार्यरतको र उनीसमेत घोटाला सलग्न रहेको समाचार प्रकाशित भएको थियो ।

तसर्थ उल्लेखित घटनाको घोर निन्दा र भत्र्सना गर्दै सम्वन्धित व्यक्तिमाथि कारवाहीको माग गर्दछु । साथै पत्रकारको जीवन रक्षा, पेशागत सुरक्षा, पेशागत निर्भिकताको वातावरणका लागि सरकार, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार संघलगायत सबै सरोकार निकायको गभ्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रण उनले गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स