सिभिल लघुवित्त संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसाको १९ प्रतिशत बोनस तथा १ प्रतिशत बोनसका लागि कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स