कर्जाको ब्याजदर घट्ने समाचारले लगानीकर्तामा छायो खुशीयाली, सेयरबजारमा छायो हरियाली

काठमाडौं । लामो सेमय देखि निरन्तर बढेको ऋणको ब्याजदर राष्ट्र बैकको मौद्रिक नीतिको समिक्षाले नितिगत रुपमै घटाउने तयारी गरेपछि बैंकहरुले आफ्नो बेस रेट घटाएर आफ्ना ग्राहकहरुलाई एसएएस मार्फत पठाएपछि व्यवसायी तथा लगानीकर्ताहरुरुमा आत्मबल बढेको छ । जसको फल स्वरुप अर्थतन्त्रको एैना भनेर मानिने पूँजी बजारमा प्रत्यक्ष रिफलेक्सन भएको छ ।

बिहान मार्कैट खुल्दा १८२१.५९ बाट खुलेको बजार २१.३३ सम्म न्यून्तम बिन्दु बनाइ कारोबार अगाडि बढेको छ । बिहान ११ बजे देखि १२ बजेसम्ममा पहिलो घण्टामा ९.६५ अंकको वृद्वि सँगै १२ करोडको कारोबार भएको थियो भने १२ बजेदेखि १ बजेसम्म १ घण्टामा २१ करोड ३३ लाखको कारोबार भएको छ र १ बजेदेखि २ बजेसम्मिको अन्तरालमा २३ करोड ४७ लाखको कारोबार भएको छ ।

यसरी मार्केट बढ्दै जाँदा निरन्तर कारोबारको भोलुम पनि बढ्दै गएको छ । जसको विश्लेषण बाट मार्केट बढ्न सक्ने संकेत गर्दछ । न्यूजहरुमा कर्जाको ब्याजदर घट्ने र बैंकहरुले पठाएको एसएमएस मार्फत बेसरेट घट्ने समाचारले लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स