कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

सेबोनको अनुमति पाएसँगै अब कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गर्ने छ। जुन कम्पनीको चुक्तापुँजीको २० प्रतिशत बराबर हुन आउँछ।

कम्पनीले अब १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री खुलाउनेछ। कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको संस्थापक समूहको ८० प्रतिशत अर्थात ९ करोड ७५ लाख रुपैयाँबराबरको सेयर स्वामित्व रहेको छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स