कर्मचारी सञ्चय कोषको विभिन्न ११ पदमा रोजगारीको अवसर

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न ११ पदहरुमा दरखास्त आह्वान गरेको छ । सञ्चय कोषले आज एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपुर्ति गर्न ११ पदमा ४१ जना कर्मचारी माग गरेको हो ।

कोषले पाँचौं तहदेखि आठौं तहसम्म रिक्त पदका लागि आवेदन खुलाएको छ ।

कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरुले आज जेठ ३ गतेदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने जनाईएको छ । दोब्बर दस्तुरमा भने थप एक साता जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स