प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

प्राइम बैकको संस्थापक सेयर खरिद गर्न इच्छुकले जेठ तीन देखि १७ गतेसम्म तीन बजेभित्र आबेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ। आवेदन दिन चाहनेले बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाण्डौंमा सम्पर्क गर्नु पर्नेछ।

ईच्छुक खरिद कर्ताले न्युनतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने बढीमा पुरै कित्ता अर्थात ३ लाख ५१ हजार ८१७ कित्तासम्मको लागी आवेदन दिन सक्नेछन्।सेयरको मुल्य न्युनतम १३० रुपैयाँ तोकिएको छ। बैंकले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स