एनसेललाई ग्लोबल बिजनेस आउटलुक अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार पाएको छ ।
जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड पाएका हुन् ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई दिइन्छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।

एनसेल ‘वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा हुनेछ ।

त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । सो पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स