नबिल बैंक दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक –ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।

सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उदेश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक ‘ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको १ सय ३५ शाखा, १ सय ८४ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको जानकारी दिइएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स