प्रतिलिटर ९.५२ रुपैयाँले घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ९.५२ रुपैयाँ र डिजल लिटरमा ८.१३ रुपैयाँले मूल्य घटेको छ ।

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमलाई अब नाफा हुने देखिन्छ । त्यसैले पेट्रालियम पदार्थको मूल्य निगमले घटाउन सक्ने सम्भावना देखिन्छ।

यसअघि पनि भारतबाट मूल्य घटेर आउँदा निगमलाई पाक्षिक (१५ दिन)मा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो। अहिले पनि मूल्य घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई १५ दिनमा करिब साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ।

आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ ।

हाल नेपालमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १६५ रुपैयाँमा बिक्री हुँदै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स