राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधारदर १८ प्रतिशत पुग्थ्यो, अब ऋण र निक्षेपको ब्याज घट्छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असार मसान्तपछि बैंकको ब्याजदर घट्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा उनले असारपछि बैंकको आधारदर घट्ने र आधारदर घटेपछि बैंकको निक्षेप र कर्जाको पनि ब्याज घट्ने बताएका हुन् । यदि राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए बैंकहरूको आधारदर १८ प्रतिशत पुग्ने बताए ।

उनले ब्याज घट्ने संकेत मौद्रिक नीतिको तेस्रो समीक्षाले पनि संकेत गरेको बताए । ‘अर्थतन्त्रका सूचकमा सुधार आयो भने ऋणीलाई पनि केही सहज हुन्छ,’ उनले भने ‘राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई बढी प्राथिमकता दिन्छ ।’

नेपाल राष्ट्र बैंकले सजकतापूर्वक खुकुलो र आवश्यकताअनुसार कसिलो नीति लिएको पनि उनले बताए । कार्यक्रममा डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले समयमै हस्तक्षेप गरेकाले बाह्य क्षेत्रमा सुधार भएको बताए ।

‘राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए आधार दर १८ प्रतिशत पुग्थ्यो,’ उनले भने ‘पछिल्लो समय बजारमा अवस्था सहज हुँदै गएको पनि राष्ट्र बैंकले लचिलो नीति लिएर हो । आगामी दिनमा पनि सरकारले ल्याउने वित्त नीतिअनुसार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने छ । अब सरकारले ल्याउने बजेटलाई नै आधार मानेर आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने उनको भनाइ छ ।

उनले नेपाल राष्ट्र बैंक नेपालको औद्योगिक क्षेत्रको विकासको लागि काम गरेको बताए । समस्यामा परेका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले छुट्टै नीतिगत व्यवस्था लिएको उनले बताए ।

‘साना तथा सम्झौता उद्योगलाई धेरै समस्या नपसोस् भनेर आधार दरमा २ प्रतिशत प्रिमियम राखेको बताउँदै राष्ट्र बैंकको नीतिले पनि केही सहज हुने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स