आज एनआईसी एसिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिद बिक्री

काठमाडौं । साताको दोस्रो पनि दिन सेयरबजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

सोमबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख ४१ हजारको कित्ता सेयर ७२ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख, नागरिक लगानी कोषको २ करोड ४३ लाख, प्रभु बैंकको २ करोड २८ लाख र शिवम् सिमेन्ट्सको २ करोड १९ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स