वैशाखमा जग्गाको लिखत पास र राजस्व दुबै घट्यो

काठमाडौ. । वैशाख महिनामा देशभर जग्गाको लिखत पास घट्दा यसको असर राजस्व संकलनमा परेको छ । देशभरका मालपोत कार्यालयहरुबाट वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएको छ । यो चैतको तुलनामा साढे ६ हजारभन्दा बढीले कम हो ।

चैतको तुलनामा घरजग्गाबाट उठ्ने राजस्व पनि ८२ करोडभन्दा बढीले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ । चैतमा घरजग्गा कारोबारबाट सरकारले साढे ४ अर्बभन्दा बढी संकलन गरेको थियो। वैशाखमा राजस्व घटेर ३ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ ।

गएको माघमा ४१ हजार ८६ भएको लिखत पारित फागुनमा झिनो घट्दै ४० हजार ७३४ मा सीमित बन्न पुगेको थियो। चैतमा फेरि बढेर ४९ हजार १५० पुगेको थियो । चालु आव प्रवेश गर्दा गत साउनमा घरजग्गा कारोबारमा चर्को मन्दी छाएको थियो ।

साउनमा देशभरका मालपोतहरुबाट घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको थियो। जबकि असारमा ६ अर्ब रुपैयाँभन्दा बढीको राजस्व उठेको थियो । वैशाखमा चार अर्ब ७८ करोड, जेठमा चार अर्ब २४ करोड रुपैयाँ राजस्व घरजग्गा कारोबारबाट सरकारले उठाएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स