बजेट र अन्य नीति कमजोर भए मौद्रिक नीतिले केहि पनि गर्न सक्दैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले बनाउने बजेट र नीति कमजोर भए मौद्रिक नीतिले मात्रै सुधार गर्न नसक्ने बताएका छन् । गभर्नर अधिकारीले अहिलेको समस्या मौद्रिक नीतिमा भन्दा सार्वजनिक वित्ततिर बढि भएको भन्दै विगतमा राजनीतिक व्यवस्थाका लागि काम गर्नु परेका कारण आर्थिक क्षेत्रमा समस्या आएको बताए ।

उनले बजेटको आफ्नै सीमा देखिएको भन्दै स्रोत अभावका कारण ठूलो निर्णय गर्न पनि गाह्रो हुने औल्याए ।
‘नेपालको अर्थतन्त्र भिन्न प्रकृतिको छ । हामी परनिर्भर छौं । यसलाई अन्तरनिर्भरतामा लैजानु पर्ने हुन्छ,’ उनले भने, ‘आन्तरिक उत्पादन कम हुने र बाह्य उत्पादन बढि उपभोग हुने अवस्था छ । राजस्व आयातमा निर्भर हुने देखिएको छ। यहाँ संरचनामा सुधार गर्नु पर्ने छ ।’

‘राजस्व बढाउनु पर्ने छ, भन्सारमा सुधार गर्नु पर्ने देखिन्छ । वास्तविक क्षेत्रमा हामीले ध्यान दिनै पर्छ । औद्योगिक क्षेत्र घोषणा भयो तर, त्यो अगाडि बढ्न सकिरहेको छैन । उद्योग खोल्न कसैले खोज्दा ठाउँ देखाउन सक्नु पर्छ,’ उनले भने, ‘धेरै काम गर्नु पर्ने छ। अलिकति हामीले अर्थतन्त्रको पुनसंरचना गरेर जानु पर्ने छ ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठनको आयोजनामा बालुवाटारमा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति र समाधानको भावी कार्यदिशा विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘मौद्रिक नीति सञ्चालनका लागि स्वायत्तता पनि चाहिन्छ,’ उनले भने, ‘राजनीतिमा शक्ति सन्तुलनजस्तै यतातिर पनि चेक एण्ड ब्यालेन्स आवश्यक छ ।’ उनले अर्थतन्त्र धेरै हदसम्म रेमिट्यान्समा भर परेको भन्दै यो वर्ष बाह्य क्षेत्र सुधार भएको, वित्तीय क्षेत्रमा नीति नियमका कारण सफल नै भएपनि भोलिका दिन चुनौतिपूर्ण रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स