औद्योगिक करिडोरमा बिना सूचना विद्युत काटिन्छ, कति समय दिने हो भनिदिनु पर्योः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । म विद्युतको कुरा गर्न चाहन्छु । हुन त मुलक ३ वर्ष अघि नै लोडसेडिङमुक्त भएको हो । अहिले फेरि मुलुकमा लोडसेडिङ भइरहेको छ । यो तितो सत्य हो । सहर बजारमा सायद लोडसेडिङ कमै भएका होलान् तर, औद्योगिक करिडोरमा विद्युत बिना सूचना काटिन्छ ।

विद्युत प्राधिकरणसँग यस विषयमा छलफल गर्न खोजिएको उहाँहरूले कुनै निश्चित तालिका दिनु हुन्न । कमसेकम लोडसेडिङ गर्दा उहाँहरूले औद्योगिक करिडोरका उद्योगीसँग छलफल गरेर निश्चित समय विद्युत दिन्छु त भन्न सक्नु हुन्छ नि । ३ घण्टा, ६ घण्टा वा ८ घण्टा जति पनि हुन सक्छ । त्यति समय विद्युत दिन्छु त भन्नु पर्ने होला नि हामीलाई । त्यो कुरा उहाँहरू गर्न चाहनु हुन्न् किनकी ३ वर्षअघि मुलुक लोडसेडिङमुक्त भनेर घोषणा गर्नु भएको छ र अहिले पनि त्यहि अवस्था छ भनेर देखाउन चाहनु हुन्छ ।

विद्युतमा ढाकछोप भइरहेको छ । यसमा हामीलाई मिडियाले सहयोग गर्नुपर्छ । हामी सहि सूचना दिन्छौं, राष्ट्र तथा व्यवसायीको हक हितका लागि सूचनाको स्रोत पनि बन्छौं ।

अर्को भनेको देशको आर्थिक अवस्था जर्जर बन्दा खुद्रा तथा थोक व्यापार समेत ऋणात्मक छ । यसको अर्थ व्यवसायिक क्षेत्र सबै ऋणात्मक छ भन्ने हो । यस्तो परिस्थितिमा मौद्रिक नीति समीक्षाले व्यवसायिक वातावरण सिर्जना उपकरण ल्याउँछ बजारलाई सहजीकरण गर्छ भन्ने थियो । हाम्रा विषयवस्तु अर्थात देशको अर्थतन्त्र चलायमान बनाउने विषय वस्तुको सम्बोधन हुन्छ भनेका थियौं ।

राष्ट्र बैंकले त्यसो गरेन । हामीले ऋणलाई पुर्नताकिकीरण गरिदिनु पर्यो र देखिने गरेर ब्याजदर घटाउन सक्ने अवस्था सिर्जना गरिदिनु पर्यो भनेका थियौं । पुर्नकर्जा दिनु पर्यो भनेको थियौं । तर, निश्चित क्षेत्रलाईमात्रै समेटियो । केहि सम्बोधन भएपनि व्यवसायीलाई यसरी पेलिएको छ यसले अर्थतन्त्र र व्यवसायीको व्यवसायलाई कहाँ पुर्याउँछ अर्थात लैजान्छ भन्ने हो । व्यवसायीको व्यवसाय त अर्थतन्त्रसँग जोडिएकै रहेछ भन्ने कुरा राजस्वमा आएको गिरावटले देखाइ दियो । त्यसैले हामी यो अवस्थाबाट बाहिर निष्कन सरकारसँग सहकार्य गर्न तयार छौं ।

अर्को तर्फ पुँजीको अभाव छ । सबै व्यवसाय घाटामा अर्थात न्यून क्षमतामा सञ्चालन भएको हुनाले अहिले पुँजी निर्माणको अवस्था क्षृण भएर गएको छ ।

हामी व्यवसायीहरूको पुँजी क्षय भइरहेको छ । यो स्थितिमा लगानी गर्नको लागि पुँजी ल्याउनु पर्यो । अर्थतन्त्रलाई लयमा ल्याउनु पर्यो उकास्नु पर्यो । सरकारले आफूसँग स्रोत छैन भन्छ । स्रोत जुटाउने उपायको खोजी गरिदिनु पर्यो ।
स्पेश छैन भनेर अर्थतन्त्रलाई अझ अप्ठ्यारो परिस्थितिमा पुर्याउन हुँदैन । नीति बनाएर अर्थमन्त्रीले हालको अवस्थाबाट बाहिर निष्कन बाटो अर्थमन्त्रीले खोज्न सक्नु हुन्छ ।

अर्थतन्त्रलाई लयमा ल्याउन के कसरी हुन्छ त्यसरी जानु पर्ने अवस्था आएको छ । हेजिङको व्यवस्था गरेर होस् या प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर होस् देशको समृद्धिमा लाग्नु पर्ने भएको छ । यसका लागि निजी क्षेत्रको मनोबल उठाउनु पर्छ । निजी क्षेत्रलाई बलियो र विश्वासिलो मनोबल राख्न सक्ने अवस्था हुनुपर्छ भन्ने हो । आर्थिक विकासको पाटोमा हरेक तह र तप्कासँग सहकार्य गर्ने प्रतिवद्धता पनि यसै फोरममार्फत गर्न चाहन्छु ।

(इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले राखेको धारणाको सार)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स