सरकारले लामो समयदेखि अनुदान भुक्तान नगरेपछि निर्जीवन बीमा कम्पनीले रोके कृषि बीमा पोलिसी र दावी भुक्तानी

काठमाडौं । सरकारले कृषि बीमा वापत अनुदान दिने भनेको वक्यौता रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरुले कृषि बिमालेख बन्द गर्ने भएका छन् । सरकारले कृषि बिमाशुल्कमा तोकेको अनुदान रकम लामो समयदेखि भुक्तानी नगरेपछि कम्पनीहरू बीमालेख बन्द गर्ने निर्णय गरेका हुन् । कम्पनीहरू दिनै तोेकेर आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी बिमा पोलिसी र दाबी भुक्तानी बन्द गर्ने निर्णय कम्पनीहरुले गरेका हुन् ।

कम्पनीहरुले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी नगर्ने भएका हुन् । कम्पनीहरुले कृषि बीमासँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिनसमेत असमर्थ रहेको जनाएका छन्।

नेपाल बीमक संघले सरकारसँग ३ अर्ब रुपैयाँ अनुदान बीमा शुल्क लिन बाँकी रहेको जनाएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने घोषणा गरेको थियो ।

बीमालेखको बीमांकमा कृषि विभागले असहमति राख्दै आएको छ । कम्पनीहरूले बीमांक यकिन नगरी दाबी भुक्तानी दिन नसकिने भन्दै जेठ ७ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखहरू जारी नगर्ने भएका हुन् ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको थियो। विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा त्यसको दाबी भुक्तानी गर्ने गरेका थिए।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/Press-Release_Agriculture-1.docx” viewer=”microsoft”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स