निगमले गर्यो ढुवानीकर्ता श्री एक्सप्रेस परिवहनलाई कारवाही, २० हजार लिटर पेट्रोल चोरी पैठारी गरेको ठहर

काठमाडौं । नेपाल आयल निगमले ढुवानीकर्ता श्री एक्सप्रेस परिवहन सेवा प्रा.लि.लाई कारवाही गरेको छ । निगमले बीलमा उल्लेख भन्दा २० हजार लिटर पेट्रोल ढुवानी गरेकाले उक्त ढुवानीकर्ताको नाममा रहेको लु २ ख ४८३९ नम्बरको ट्रकलाई चोरी पैठारी कसुरमा कारवाही गरेको हो।

क्षमता र बीलमा उल्लेख गरिएको भन्दा बढी परिमाणको पेट्रोल ढुवानी गरेको पाइएकाले पेट्रोल ढुवानीकर्तालाई कारवाही गरिएको निगमले जनाएको छ।

निगमले कारवाही स्वरुप ट्रकको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने भएको छ। त्यस्तै तीन महिनाको लागि निलम्बन गर्ने तथा निगमका सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैका लागि बन्देज लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स