अब सांसदले अनिवार्य मर्यादित पोशाक लगाउनु पर्ने, टिसर्ट, जिन्स पाइन्ट लगाउन नपाइने

काठमाडौं । प्रतिनिधिसभाले सांसदहरूले संसद भवनभित्र लगाउने पोशाक तोकिएको छ । योसँगै अब संसद् बैठकमा सहभागी हुँदा सांसदहरूले मर्यादित पोशाक लगाएर मात्र उपस्थित हुुनुपर्ने भएको हो । अब सांसदले संसदभित्र टिसर्ट, जिन्स पाइन्ट लगाउन पाइँदैन । संसद बैठकमा उपस्थित हुँदा अब लोगो पनि अनिवार्य गरिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा सांसदको पोशाकसम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार सांसदको पोशाक तोकिएको हो ।

आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स