नेको इन्स्यारेन्सको नाफा र शीमा शुल्क दुबै खुम्चियो

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफामा संकुचन देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको तथ्यांकले सो अवस्था देखाएको हो । गत आर्थिक वर्षमा ३४ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ३४ करोड १८ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ ।

कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्यमात्रै वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासमा २ करोड रुपैयाँ मात्रै बढाएर २ अर्ब २६ करोड रुपैयाँ पुर्याएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घट्न पुगेको देखिएको छ ।

यस त्रैमाससम्मा कम्पनीले १ अर्ब ३७ करोड कुल दाबी भुक्तानी गर्न सफल भएको छ ।हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैेयाँ रहेको छ भने जगेडामा ३९ करोड ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स