साढे एक अर्ब बीमा शुल्क आर्जन गरेको प्रभू लाइफको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । प्रभू लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३०.६५ प्रतिशतले वृद्धि भएको छ । कम्पनी नियामकीय अनुशासन समेत बुझेका सीईओ सन्तोष प्रसाईले आफ्नो कार्य कुशलता देखाएको हो । गत आवको तेस्रो त्रैमाससम्म १० करोड १३ लाख रुपैयाँ नाफा गरेको प्रभू लाइफले चालु आवको यो अवधिमा १३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै वृद्धि हुँदा पनि जीवन बीमा कोष कोषमा ३७.९० प्रतिशतको वृद्धि भएको छ । कम्पनीले लगानीको प्रभावकारी परिचालन र खर्च नियन्त्रणको उपाय अवलम्बन गर्दा उत्कृष्ट नतिजा प्रकाशन गर्न सफल भएको हो ।

कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष तीन अर्ब ७४ करोड ४० लाख नाघेको छ । गत आवको यसै अवधिमा कम्पनीमा जम्मा दुई अर्ब ७१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको थियो । जगेडा कोष र महाविपत्ति कोष सहित समग्र कोषको आकार चार अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

प्रभु लाइफले नौ महिने अवधिमा एक अर्ब ४६ करोड खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको यसै अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीको खुद दावी भुक्तानी ८४.७४ प्रतिशतले बृद्धि भएको हो । नयाँ कम्पनी भएकोले सुरुवाती चरणमा दावी भुक्तानी नहुने र बित्दै जाँदा दावी भुक्तानी सुरु हुँदा ह्वात्तै वृद्धि भएको देखिएको हो । गत आवमा २७ करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको नौ महिने अवधिमा ५१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स