नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको छ ।

साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नाममा दुवै कम्पनीको सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

दुवै कम्पनी मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको सेयर ‘सलिको’ सिम्बोलबाट सूचीकृत भएको छ ।

नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ भोलि यही मूल्यबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो अर्थात भोलिपल्टबाट कारोबार आउने गर्छ। सोही व्यवस्थाअनुरुप यो कम्पनीको सेयरबाट भोलि सोमबारबाट कारोबारमा आउनेछ।

यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको पनि नेप्सेले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स