विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ।

दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि शनिबार (वैशाख ३० गते) अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।

विजय लघुवित्तको गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय रहेको छ भने नयाँ सारथी लघुवित्तको दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स