५० अंकले नेप्से बढ्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) घट्ने क्रममा ब्रेक लागेको छ । लगातार घट्दै आएको नेप्से बुधबार ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको हो । आज नेप्सेमा २२९ कम्पनीको ६३ हजार ९१६ पटक कारोबार भएको छ ।

९८ लाख ९४ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख रुपयाँको कारोबार भएको छ ।

मेघा बैंकको सेयर मूल्य आज बुधबार ३.९२ प्रतिशतले घटेको छ । हिजो मंगलबार कम्पनीको सेयर प्रति कित्ता ३५६.८० रुपैयाँमा कारोबार भएको थियो भने आज ३४२.८० रुपैयाँमा भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता १४ रुपैयाँले घटेको छ ।

८.७५ प्राइम डिभेञ्चर २०८५ को सेयर मूल्य आज बुधबार ३.८९ प्रतिशतले घटेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता १००० रुपैयाँमा कारोबार भएको थियो भने आज ९६१.१० रुपैयाँमा खरिद बिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ३८.९० रुपैयाँले घटेको छ ।

यूनिलिभर नेपालको सेयर मूल्य आज बुधबार ३.०९ प्रतिशतले घटेको छ । हिजो प्रति कित्ता सेयरको मूल्य १९३९९ रुपैयाँमा कारोवार भएका थियो भने आज १८८०० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९९ रुपैयाँले घटेको छ ।

१०.३५ ५ एग्रिकल्चर बैंक डिवेन्चर २०८३ को सेयर मूल्य २ प्रतिशतले घटेको छ । आज बुधबार प्रति कित्ता १०२४.१० रुपैयाँमा कारोवार भएको छ भने हिजो १०४५ रुपैयाँमा भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता २०.९० रुपैयाँले बढेको छ ।

११ ५ यानआईसी एसिया डिवेन्चर ०८२ ८३ को सेयर मूल्य १.७९ प्रतिशतले घटेको छ । आज बुधबार प्रति कित्ता १०४१ रुपैयाँमा कारोबार भएको छ भने हिजो प्रति कित्ता सेयरको मूल्य १०६० कायम भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता १९ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स