काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ६ कम्पनीको ५५ लाख ३१ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । वैशाख २४ गतेदेखि वैशाख २९ गतेसम्म ६ कम्पनीको कुल ५५ लाख ३१ हजार ३२७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सूचीकृत हुने कम्पनीहरुमा आदर्श लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त, नेपाल ल्युब आयल र आशा लघुवित्त रहेका छन् ।
जसअनुसार, बैशाख २४ गते (आइतबार) आदर्श लघुवित्त वित्तीय संस्थाको २० प्रतिशतले हुन आउने ४१ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
वैशाख २५ गते (सोमबार) गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १३.२७१ प्रतशितले हुन आउने २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
वैशाख २८ गते (बिहीबार), ज्योति विकास बैंकको ३ प्रतिशत दरका १२ लाख ८० हजार ३२५.९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत दरका ६ लाख ६३ हजार १०७।१९१२ कित्ता र नेपाल ल्युब आयलको २५ प्रतिशत दरका ९७ हजार ५६४ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, वैशाख २९ गते (शुक्रबार), आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२८५७ दरका कुल ४ लाख ७७ हजार २० कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।