कोका-कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान ‘धन्यबाद’

काठमाडौं । सन् २०२० को शुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो । ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए ।

कोका-कोलाले यस पालिको दशैं अभियान ‘धन्यबाद’ शब्दलाई केन्दी्रत गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो ।

कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी हरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई यस दशैंको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साँटिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौं ।

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ । जसलाई ‘मन खोलौं कोकसँग’को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ ।

यो नयाँ अभियानको शुरुवात औपचारिक रुपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो । त्यही बेला नयाँ कोका–कोलाको दशैं टीभीसी पनि चित्रण गरिएको थियो । यो नयाँ टीभीसीमा गायक सुशान्त केसीको ‘धन्यवाद’ शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

अभियानको बारेमा बोल्दै, कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थी भने, ‘कोका–कोलाले यस पालिको दशैं चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गर्नु भएका परिवारको सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउँन प्रेरित गरेको छ । यसका साथै अग्रपंक्तिमा कार्यरत रहेका श्रमिकहरुलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र हामीलाई बितेको बर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाँधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञा प्रदान गर्दै हामी यस पालिको दशैँलाई रमाएर मनाउँने छौं ।’

सो इभेन्टमा कोका-कोलाले कोभिड १९ को विरुद्ध समाजको लागी सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रहरुका ८ जना अंग्रपंत्तिः नायकहरुलाई कृतज्ञा प्रकट गरीे सम्मान गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डे भने, ‘हामी खुशी छौं कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौं । हामी आशा गर्दछौँ कि लेभलमा रहेको सन्देशले हाम्रा उपभोक्ताहरुलाई उनीहरुको त्यस कठिन पलमा सहयात्री बनेका सबै व्यक्तिहरु प्रति आभार प्रकट गर्न र यो दशैलाई अझ यादगार बनाउनको लागी प्रोत्साहित गर्नेछ ।’

थप रूपमा, कोका–कोलाले कोका–कोला ‘टकिंग बोतल’ को माध्यमबाट निजीकृत सन्देशहरु साझा गर्ने एक नवीन अवधारणा पेश गरेको छ । उपभोक्ताहरुले कोकाकोलाको वेब साइटमा लग इन गर्न सक्नुहुनेछ वा कोकको बोतलहरुमा रहेको क्युआर कोड स्क्यान गर्न सक्नुहुनेछ । त्यसपछि ‘सेन्ड पर्शनलाइज्ड मेसेज’ मा क्लिक गर्नुहोस् ।

त्यहाँबाट, उपभोक्ताहरुले प्राप्तकर्ताको नाम इन्ट्री गरेर कृतज्ञताको एक सन्देशका साथ एक उत्सव ग्रीटिंग चयन गरेपछि प्राप्तकर्ताको ईमेलमा पठाउन सक्नु हुनेछ ।

कोका-कोलाले कोभिड-१९ को महामारीको बिरुद्ध लडेका र समुदायलाई जोगाउनको लागि उनीहरुको कडा परिश्रम, करुणा र निस्वार्थ त्याग प्रस्तुत गरेका अग्रपंक्ति नायकहरु प्रति हार्दिक आभार प्रकट गर्दछ ।

यस दशैंमा कृतज्ञता प्रदान गर्न कोका-कोलाले स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था, सफाईकर्मी र अनुकूलित कोकको बोतल र ग्लास सहित पत्रकारहरुगरी विभिन्न क्षेत्रहरुबाट ९०० भन्दा बढि अग्रणी कामदारहरु सम्म पहल पुर्याइरहेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स