बजार बढ्दा यी कम्पनीको सेयर मूल्यमा छलाङ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) घट्ने क्रममा ब्रेक लागेको छ । लगातार घट्दै आएको नेप्से बुधबार ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा २२९ कम्पनीको ६३ हजार ९१६ पटक कारोबार भएको छ । ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख रुपयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूह हरिया भएका छन् ।

अपी पावर कम्पनीको सेयर मूल्य आज बुधबार १० प्रतिशतले बढेको छ । हिजो मंगलबार कम्पनीको सेयर प्रति कित्ता ४१८ रुपैयाँमा कारोवार भएको थियो भने आज ४५९.८० रुपैयाँमा भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४१.८० रुपैयाँले बढेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य आज बुधबार १० प्रतिशतले बढेको छ । हिजो कम्पनीको सेयर प्रति कित्ता ३५४ रुपैयाँमा कारोबार भएको थियो भने आज ३८९.४० रुपैयाँमा खरिद बिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ३५.४० रुपैयाँले बढेको छ ।

मनकामना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज बुधबार ९.९३ प्रतिशतले बढेको छ । हिजो प्रति कित्ता सेयरको मूल्य १७५३ रुपैयाँमा कारोबार भएका थियो भने आज १९२७ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता १७४ रुपैयाँले बढेको छ ।

युनाइटेड आईडीआई हाइड्रोपावरको सेयर मूल्य ९.६४ प्रतिशतले बढेको छ । आज बुधबार प्रति कित्ता ५५६ रुपैयाँमा कारोबार भएको छ भने हिजो ५०७ रुपैयाँमा भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८ रुपैयाँले बढेको छ ।

कालिका पावर कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ । आज बुधबार प्रति कित्ता ५५३ रुपैयाँमा कारोबार भएको छ भने हिजो प्रति कित्ता सेयरको मूल्य ५०५ कायम भएको थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स