काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख १० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।