काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले उक्त आ.व. को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तर कम्पनीको वैशाख २८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो। कम्पनीले वित्तीय विवरणको नाफा नोक्सान बाँडफाँट हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुनगएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि अनुरोध गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको जनाएको छ ।
योसँगै अब कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश बाँड्ने छैन ।