थप अध्ययन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले रोके नयाँ स्टकको लाइसेन्स प्रक्रिया

काठमाडौं । सरकारले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्ड का स्वकीय सचिव रमेश मल्लले नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रिया रोकिएको हुनसक्ने बताए।

करिब एक साता अगाडि नै गठन भएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसद र सञ्चार माध्यमहरुमा चर्को विरोध भएको थियो । सह–सचिव फणिन्द गौतमको संयोजकत्वमा रहेको मूल्यांकन समितिले गठन गरे लगत्तै दुई दिनभित्रैमा प्रतिवेदन बुझाउने तयारी सुरु भइसकेको थियो । त्यही बेला संसदमा चर्को विरोध भयो भने सञ्चार माध्यमहरुमा पनि व्यापक आलोचना सुरु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को ठाडो प्रस्तावमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय भएको हो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने विषयमा थप अध्ययन आवश्यक रहेको बताउँदै प्रक्रिया रोक्न भनिएको छ ।

‘नयाँ स्टक एक्सचेन्जको अनुमति दिने विषयमा विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंगलबारको मन्त्रिपरिषदको बैठकपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न कडा निर्देशन दिएसँगै अन्ततः उक्त कार्य रोकिएको छ । प्रम प्रचण्डको निर्देशनसँगै रातारात भइरहेको मूल्यांकन कार्य रोकिएको छ ।

नयाँ स्टकका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए। नयाँ स्टक सञ्चालन गर्न १० चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स