मौद्रिक नीति समीक्षाको अघिल्लो दिन राष्ट्र बैंकले बैंकरहरूलाई डाकेर वित्तीय गुनसोको वारेमा लियो जानकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकका प्रमुख कार्यकारी अधिकृत र गुनासो सुन्ने अधिकारीलाई राखेर छलफल गरेको छ । २ घण्टा लामो छलफलमा राष्ट्र बैंकले बैंकहरूमा के कस्ता गुनासो आउँछन्, त्यस्ता गुनासोको समाधान के कसरी गरिन्छ भनेर छलफल गरेको हो । राष्ट्र बैंकले गुनासो विभाग स्थापना गरेपछि पहिलो पटक ‘वित्तीय ग्राहक संरक्षण’ सम्बन्धी विषयमा छलफल गरेको हो

ग्राहकहरूबाट आएका गुनासोलाई कसरी व्यवस्थापन गर्ने गरेको छ सो विषयमा छलफल तथा अन्तरक्रिया भएको राष्ट्र बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । छलफलमा बैंकर्सहरूले कर्जा होल्डरहरूबाट बढी गुनसो आउने गरेको बताएको बुझिएको छ ।

‘ग्राहकहरू आएर पहिला जोडिने बैंक तथा वित्तीय संस्थामा के कस्ता गुनासा आउने गरेका छन् र सो गुनासोहरूको समस्या कसरी समाधान गर्ने गरेको छ, यस विषयमा छलफल भएको हो ।’ पछिल्लो समय बैंकहरुमा देखिएको कर्जा असुली र खराब कर्जाको दबाबको कारण आजको बैठक राख्न लागिएको बुझीएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स