काठमाडौं । दसैं, तिहारलाई लक्षित गरी जावाले आफ्ना ग्राहकमाझ अफर योजना ल्याएको छ ।
कम्पनीले जावा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलल्मेट प्रदान गरिने कम्पनीले जनाएको छ ।
जावा प्रोफेसनल राइडिङ ज्याकेट चारवटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको जनाइएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईबाट प्रमाणीकरण गरिएको छ । त्यसैगरी, यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।
लेजेन्डरी जावा बाइक दशकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ ।
नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो । अग्नि माटोइन्क प्रालि अग्नि ग्रुपअन्तर्गत स्थापित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रालिको हाल १३ वटा डिलर नेटवर्क रहेको जनाइएको छ ।