हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा २३ करोड ७ लाख, प्रति सेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.६३ प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ भएको कम्पनीको जगेडा कोषमा ८७ करोड ५१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५६ करोड ५ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २० करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ७२ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि २६.०२ प्रतिशतले बढेर ८९ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत २० करोड ७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा रहेको छ । पिइ अुपात ४१.९६ गुणा रहेको छ । प्रति सेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स