काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ बढेकोे छ । राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.४८ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.४८ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.८८ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।